१३ बैशाख २०८१, बिहिबार

नेकपा एकिकृत समाजवादीको मोरङमा पहिलो भेला

संवाददाता

नेकपा (एकिकृत समाजवादी)ले मोरङको सुन्दरहरैंचामा गरेको पहिलो भेला

विराटनगर । नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकिकृत समाजवादी)ले मोरङको पहिलो भेला बिराटचोकमा गरेको छ। माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नेकपा (एकीकृत समाजवादी) बनाउने निर्णय गर्दै जिल्लाको पहिलो भेला गरेको हो । मोरङको सुन्दरहरैंचामा बसेको जिल्ला कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटीलाई एकीकृत समाजवादी बनाउने निर्णय गरेको हो । नेकपा एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो । अहिले एकीकृत समाजवादीले वडातहसम्म गठन भएका समानान्तर कमिटीलाई पार्टीमा समाहित गर्दै सांगठनिक गतिविधि तिब्र बनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्