१६ चैत्र २०८०, शुक्रबार

प्रतिबन्धित औषधी सहित उर्लावारीबाट एक जना पक्राउ

संवाददाता

प्रतिबन्धित औषधी सहित एकजना पक्राउ परेका उमेश धिमाल

विराटनगर । मोरङ उर्लाबारीबाट प्रतिबन्धित औषधी सहित एकजना पक्राउ परेका छन् ।उर्लावारी नगरपालिका १ स्थित झारासादीका २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराती बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल ५७५ ट्याब्लेट र स्पास्पेन ५७० ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेका धिमालको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्