१६ चैत्र २०८०, शुक्रबार

मानव बेचबिखन र ओसारपसार बिरुद्धको अभियान बालिका र किशोरीलाई प्रशिक्षण

संवाददाता

विराटनगरमा माइती नेपालले आयोजना गरेको किशोरी लक्षित प्रशिक्षणमा सहभागीहरु

विराटनगर । बालिका र किशोरीहरुमाथि हुने मानव बेचबिखन तथा ओसार पसार बिरुद्धको अभियान अन्तरगत माइती नेपालले २० जना किशोरीलाई प्रशिक्षण दिएको छ। मानव वेचविखन तथा ओसारपोसार विरुद्ध कानुनी अबस्था र रोकथामका लागि गरिनु पर्ने भुमिकाको बारेमा प्रशिक्षण दिएको हो ।
विराटनगर महानगरपालिका वडा नम्बर ८, ११,१२, १४,१५ र १६ वडाका २० जनालाई प्रशिक्षण दिईएको हो । सीमा क्षेत्र आसपासका किशोरी तथा बालिका लक्षित यो यो प्रशिक्षण यस अघि पनि गरिएको थियो । सीमा आसपासका किशोरी मार्फत नै मानव ओसारपसार तथा बेचविखन बिरुद्ध हुने गतिबिधि रोकथाममा टेवा पुग्ने उद्देश्यले माईती नेपाल विराटनगरले प्रशिक्षणको आरोजना गरेको हो । कोभिडको मौका छोपी दलालहरु मुलबाटोबाट भन्दा पनि अन्य सहायक बाटो प्रयोग गरि महिला तथा किशोरीको सीमा पार गराउनसक्ने संभावनालाई मध्यनज राख्दै सीमा क्षेत्रका किशोरी परिचालित प्रशिक्षण गर्नु परेको माइती नेपाल बिराटनगरका कार्यक्रम संयोजक विनोद पोरखेलले बताए ।
कार्यक्रममा विराटनगर महानगपालिका वडा नम्बर १६ की वडा सदस्य कमला सुब्बा, सामुदायिक प्रहरी सदस्य दिपा पौड्याल लगायतले महिला र कोशोरी बेचबिखनमा पर्न सक्ने भएकोले सुचना आदान प्रदानमा किशोरी र महिलाको सक्रिय सहभागीता आबश्यक हुने बताए । कार्यक्रममा बिद्यालय उमेर समुहका बालबालिका, बिद्यालय छाडेका किशोरीहरु तथा कक्षा ११ र १२ का किशोरीहरुको सहभागीता रहेको माइती नेपालको गीताञ्जली शर्माले बताईन् । कार्यक्रममा बालिका र किशोरीले महिलाको बेचबिखन हुने कारण, सीमाबाट पार गराउँदा गरिने ब्यवहार र कानुनी कार्वाहीको बारेमा जिज्ञासा राख्दै सहभागीहरु उत्सुक देखिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्