१२ बैशाख २०८१, बुधबार

इक्यानद्धारा रजत जयन्तीमा सामाग्री बितरण

संवाददाता

विराटनगर ।नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २५ औ बार्षिक उत्सबको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गरेको छ। इक्यान पुर्वाञ्चलले विविध कार्यक्रम गरि भब्यताका साथ रजत जयन्ति मनाएको हो । २५ औ बार्षिक उत्सबको अवसरमा बिराटनगर , इटहरी र धरानका बिभिन्न शैक्षिक संस्थालाई सहयोग गरिएको छ। विराटनगरमा रहेको सयपत्री परोपकार आधारभुत बिद्यालयमा बोर्ड तथा सिलिङ पङ्खा उपलब्ध गराएको छ ।

त्यस्तै इटहरी ४ मा रहेको हेल्पलेस चिल्ड्रेन वेल्फियर मिसनमा रहेका बालबालिकालाई खाद्यान्न हस्तान्तरण गरेको हो भने धरान ३ स्थित भानु स्मृति माबिमा वाल पङ्खा हस्तान्तरण गरिएको ईक्यानले जनाएको छ।
बिराटनगरबाट सुरु भएको कार्यक्रम इटहरी हुदै धरानमा सम्पन्न भएको इक्यान पूर्वाञ्चल अध्यक्ष रोशन शर्मा निरौलाले बताए। बार्षिक उत्सव बिभिन्न कार्याक्रम गरि भब्य रुपमा मनाउँदै आएको भएपनि कोभिडका कारण यो बर्ष त्यो सम्भवन नभएको ईक्यानका उपाध्यक्ष प्रकाश लकन्द्रीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्