१३ बैशाख २०८१, बिहिबार

विराटनगरमा राप्रपाको भेला, निर्वाचन क्षेत्र लक्षित समिति गठन

संवाददाता

राप्रपाको निर्वाचन क्षेत्र नम्बर ६ को नव गठिन समिति

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ क्षेत्र नं ६ अन्तर्गत क्षेत्रीय कार्य समिति गठन गरेको छ। प्रदेश निर्वाचन क्षेत्र (क) र (ख) को प्रदेश कार्यसमितिको पनि चयन भएको राप्रपाले जनाएको छ।
राप्रपा ६ नं क्षेत्रीय समितिमा रतन तमाङको अध्यक्षतामा २१ सदस्यीय, प्रदेश क्षेत्र नं (क) मा उद्धवराज कार्कीको अध्यक्षतामा २१ सदस्यीय र प्रदेश निर्वाचन क्षेत्र (ख) प्रदेश कार्य समितिमा अनुपमा देवी शाहको अध्यक्षतामा २१ सदस्यीय समिति चयन भएको हो ।
भेलामा पूर्व महानगर प्रमुख प्रहलाद शाह,केन्द्रीय कार्य सम्पादन समिति सदस्यद्वय दिनेश शाह र नरेश राई, केन्द्रीय सदस्यहरु उद्धवचन्द्र घिमिरे, उद्धवप्रसाद दाहाल, हिरालाल सेन्चुरी, जिल्ला अध्यक्ष माधव आचार्य र क्षेत्रीय अध्यक्ष रतन तामाङको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी नेताले नागरिकलाई कोभीड खोप सर्वसुलभ उपलव्ध गराउनु पर्ने, गरीबीको रेखामुनी रहेका, वाढी, पहिरोवाट पीडित नागरिकलाई अविलम्व राहत उपलव्ध गराउन सरकारसँग माग गरेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्