१५ चैत्र २०८०, बिहिबार

मिक्लाजुङमा दुई ठुला आयोजनाको सिलान्यास, १० बेडको सामुदायिक अस्पतालको काम शुरु

संवाददाता

विराटनगर । मिक्लाजुङ गाउँपालिकामा एकैदिन दुई ठुला आयोजनाको सिलान्यास गरिउकोछ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री डा शिबमाया तुम्वाहाम्फेले गाउँपालिकाका दुई ठुला आयोजनाको सिलान्यास गरेकी हुन् । गाउँपालिकाको बेतिनी सिमसार संरक्षण तथा पर्याटन पुर्बाधार क्षेत्र निर्माण योजनाको सिलान्यास भएको हो । ३ करोड ८१ लाखको लागतमा बन्ने बेतिनी सिमासार संरक्षण तथा पर्यटन पूर्वाधारको विकास हुने गरि सिलान्यास गरिएको गाउँपालिकाकी उपप्रमुख सरला राईले जानकारी दिईन् । यस्तै संघीय सरकारको योजना अनुसार मिक्लाजुङ गाउँपालिकामा १० शैयाको मिक्लाजुङ सामुदायिक अस्पताल सिलान्यास गरिउको छ। ९ करोड ८७ लाखको लागतमा बन्ने सामुदायिक अस्पतालले स्थानीय ग्रामिण समुदायका नागरिकलाई फाईदा पुग्ने जनाईएको छ। हरेक स्थानीय तहमा १० बेडको अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार यो गाउँपालिकामा पनि अस्पताल निर्माणको सिलान्यास भएको राईले बताईन् । अस्पतालको निर्माण पुरा हुँदाको अबस्थामा गाउँपालिकामा सामान्य बिरामी पर्दा पनि बाहिर जानु पर्ने अबस्थाको अन्त्य हुने र आफ्नै कार्यकालमा निर्माण सम्पन्न गर्ने गरि काम हुने पाकिलाका अध्यक्ष देवीप्रसाद आचार्यले बताए ।
आयोजनाको सिलान्यासपछि बोल्दै पुर्बमन्त्री तथा सांसद डा शिवमायाँ तुम्बाहाम्फेले पर्यटन प्रवद्र्धनसँगै नागरिकको स्वास्थ्य सँग जोडिएको अस्पतालको निर्माणको काम शुरुभएको बताईन् । ओली नेतृत्वको सरकारले हरेक स्थानीय तहमा अस्पताल संचालनमा ल्याउने योजना अनुसारको बजेट तथा योजनाबाट मिक्लाजुङको जस्तै धेरै पालिकामा अस्पताल निर्माणको काम भईरहेको बताईन् । सिलान्यास कार्यक्रममा पथरीशनिस्चरे नगरपालिकाका उपप्रमुख यमुना विष्ट, लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला, कानेपोखरी गाउँपालिकाका उपप्रमुख राजकुमारी ईङ्नाम, नेकपा एमालेका नेता रुपेश खतिवडा लगायतको उपस्थिती रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्