०६ चैत्र २०८०, मंगलबार

कोरोनाका कारण विराटनगरको रथयात्रा नहुने, खटबाट बजार परिक्रमा गराईँदै

संवाददाता

बिरानगर महानगरपालिका वडा नम्बर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर

विराटनगर । हरेक बर्ष बिराटनगरमा निस्कने राधाकृष्ण रथयात्रा कोरोनाको कारण यो बर्ष पनि ननिस्कने भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निस्कने रथ यात्रा यो बर्ष सुनसान छ । बिरानगर महानगरपालिका वडा नम्बर १ तीनपैनीमा रहेको राधाकृष्ण मन्दिर आसपासमा केही माग्न बसेका र सामान्य ब्यापार गर्ने बाहेकको कुनैपनि चहलपहल छैन । हरेक बर्ष रथयात्रा गरिने भएपनि यो बषे भने खट यात्राको रुपमा गाडीमा राखेर नगर परिक्रमा गराउन लागिएको राधाकृष्ण रथयात्रा मुल समारोह समितिका संयोजक बाबुराजा ओझाले बताए ।
श्रीराधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले यस वर्ष पनि कोरोना महामारीका कारण रथयात्रा निकाल्न नसकिने बताएका हुन् । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी राधाकृष्णको रथलाई गाडीमा राखेर नगरका बिभिन्न भागको परिक्रमा गराईले उनले बताए । यो बर्षको राधाकृष्ण रथयात्रा ९०औं संस्करण हो ।
यी क्षेत्रमा गाडीले रथ घुमाउने
मानिसले तानेर रथ यात्रा गराईँदै आएकोमा यो बर्ष राधाकृष्णको खटयात्रा तीनपैनीको राधाकृष्ण मन्दिर पानीट्याङ्कीबाट शुरु भई गोल्छा, जलजला, ट्राफिक, रोडशेष, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी, कञ्चनबारी, राजवंशी हुँदै पुष्पलाल चोक भएर बिराटनगरको परिक्रमा गराईने ओझाले बताए । खटयात्रा विशेष पूजापाठ गरी राधाकृष्ण मन्दिरको परिसरबाट निकालिने छ । खटयात्रा बीचमा कतै नरोकिने भएकाले कसैले पूजापाठ गर्न नपाउने र टाढैबाट दर्शन गर्न सकिने आयोजको भनाई छ। वि. सं. १९८८ मा खटबाट शुरु भएको यो यात्रा २०२५ देखि रथयात्राको रुपमा निरन्तर हुँदै आएको छ। प्रदेश सरकारले मंगलबार मोरङ, सुनसरी र झापा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विारटनगरमा हुने राधाकृष्ण रथयात्रालाई दक्षिण एसियाकै दोश्रो ठुलो रथयात्राको रुपमा लिईँदै आएको आयोजकको दाबी छ। रथयात्रा समयमा विराटनगरमा रथयात्रा हेर्न र दर्शन गर्नका लागि लाखौँको संख्यामा भिड लाग्ने गरेको ईतिहास छ ।

यहाँ कमेन्ट गर्नुहोस्