२९ बैशाख २०८१, शनिबार

प्रदेश १ मा भएका पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने

संवाददाता

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा १४ औं राष्ट्रिय पुस्तकालय दिवस मनाईएको छ । ‘सवल समाजको अधार, सार्वजनिक पुस्तकालयको विकास र विस्तार’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस मनाईएको सामाजिक विकास मन्त्रालय उच्च शिक्षा तथा यूवा खेलकुद महाशाखाका प्रमुख फणिन्द्र खत्रीले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा पुस्तकालयको सञ्जाल निर्माण, पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाईनुपर्ने, पुस्तकालय सम्वन्धि कानून निर्माण, नमूना पुस्तकालय निर्माणका बिषयमा छलफल भएको थियो । पुस्तकालयमा जनशक्ति व्यवस्थापन, प्रदेश स्तरिय मन्त्रालयमा पुस्तकालय समन्वय शाखाको आवस्यकता, प्रदेशमा भएका पुस्तकालयहरुको अध्ययन हुनुपर्ने लगायतका विषयमा छलफल भएको महाशाखा प्रमुख खत्रीले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बवि राई, नगरपालिका संघ प्रदेश १ का अध्यक्ष महेश वस्नेत, गाउँपालिका महासंघ प्रदेश १ का अध्यक्ष ताराबहादुर काफ्लेले पालिका स्तरमा पुस्तकालयको विकास र विस्तारका लागि आवस्यक सहयोग गर्न तयार रहेको बताए । संगम पुस्तकालय उदयपुरको समन्वयमा भएको कार्यक्रममा प्रदेश १ का विभिन्न पुस्तकालयका अध्यक्ष तथा प्रतिनिधिहरुसहभागि भएका थिए ।

 

यहाँ कमेन्ट गर्नुहोस्