०८ बैशाख २०८१, शनिबार

प्रदेश १ मा १० जनाले गरे सनाखत, प्रदेश सरकार अल्पमतमा

संवाददाता

विराटनगर । नेकपा एकिकृत समाजवादी (एस)ले १० जना सांसद सहित निर्वाचन आयोगमा सनाखत गरेको छ। नेकपा (एमाले)बाट बिभाजन भएर बनेको नेकपा (एस)मा लाग्ने सांसदलहरुले दल छान्ने ब्यवस्था अनुसार आजै सांसदहरु सनाखतका लागि निर्वाचन आयोग गएका हुन् ।
निर्वाचन आयोगको बिराटनगर स्थित कार्यालयमा दिउँसो साँढे १२ बजे ८ जना सांसदहरु पुगेका थिए ,
भोजपुरका राजेन्द्र राई, उदयपुरकी सुनिता कुमारी चौधरी, खोटाङका राजन राई, मोरङका सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बु पुगेका थिए । दुईवटा गाडीमा पुगेका सांसदहरुले अन्य दुईजना उपेन्द्र कुमार घिमिरे र कृष्ण कुमारी राईको परिचय पत्र हराएको कारण आउन ढिला भएको त्यहाँ पुगेका सांसदले बताएका थिए ।  कृष्ण कुमारी राई र उपेन्द्रकुमार घिमिरेले साँढे १ बजे सनाखत गरेका हुन् ।
अल्पमतमा सरकार
१० जनाको सनाखत सँगै गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका भीम आचार्यको सरकार अल्पमतमा परेको छ । ५१ जना एमालेको सांसद रहेकोमा १० जना नेकपा एसमा जाँदा ४१ जनामा झरेको छ । प्रदेश १ सभामा ९३ जना सांसद मध्ये १ जना सांसदलाई माओवादीले कार्वाही गरेपनि ५२ जना सांसद रहेका छन् । बहुमत पुग्न ४७ जना सांसद आबश्यक पर्छ । ४१ जना सांसद लिएर बसेको एमालेले बहुमत पु¥याउन सक्ने अबस्था नरहेको नेकपा एसका सांसद राजेन्द्र राईले बताए । अब प्रदेश १ को सरकार बनाउन गठबन्धनलाई बाटो खुलेको छ। कांग्रेसको २१, माओवादी केन्द्रको १५, नेकपा एसको १० जना हुँदा जनता समाजवादीको ३ जना सांसदले प्रदेश १ मा गठबन्धनको मात्र ४९ जना सांसद पुगेको छ। यसले प्रदेश १ को सरकार अल्पमततमा परेको हो । नेकपा एमालेमा रहेका ४१ जनामा १ जनालाई फौैज्दारी मुद्दा परेको र सभामुख नखुलेकोले ३९ जना सांसदमा नेकपा एमाले सिमित हुने देखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्