१६ मंसिर २०७९, शुक्रबार

खैरोहिरोईन ब्राउनसुगर सहित तीन जना पक्राउ

संवाददाता

झापा । झापाबाट तीनजना ब्राउन सुगर सहित अर्जुनधारा–४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद ४९ हजार ५ सय रुपैया समेत फेला पारी बरामद गरिएको छ । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान तथा लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्