०८ बैशाख २०८१, शनिबार

हतियार सहित कानेपोखरीबाट दुई जना पक्राउ

संवाददाता

हतियार सहित पक्राउ परेका दुईजना

विराटनगर । मोरङ कानेपोखरीबाट दुईजना पक्राउ परेका छन् । कानेपोखरी गाउँपलिका वडा नम्बर ६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्र बहादुर क्षेत्री हतियार सहित पक्राउ परेका छन् । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सुराकका आधार गएको प्रहरी टोलीले घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका क्षेत्री उपर थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्ण बहादुर बोहरा समेतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्