१६ चैत्र २०८०, शुक्रबार

विराट गोल्डकपलाई ८ लाख नाफा

संवाददाता

विराटनगर । कोभिडको बिचमा खेलाईएको विराट गोल्डकपले ८ लाख बढी नाफा निकालेको छ । विराट गोल्डकप ट्रष्टले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा भएको हिसाव सार्बजनिक गरेको हो । रात्रीकालिन विराट गोल्डकपमा १ करोड ४७ लाख ७४ हजार ५ सय ९४ रुपैयाँ कुल आम्दानी भएको आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ। प्राप्त भएको आम्दानीबाट १ करोड ३९ लाख ७२ हजार २ सय ३१ रूपैयाँ खर्च भएको विराट गोल्डकप आयोजक समितिका संयोजक मनोजबिक्रम शाहले जानकारी दिए ।
विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजकलाई ८ लाख २ हजार ३ सय ६२ रूपैयाँ नाफा भएको छ । प्रतिगितामा भएको आम्दानी र खर्च सार्बजनिक गर्दै आयोजक समितिले प्रतियोगिता संचालनका लागि विराटनगर महानगरपालिकाले १२ लाख, समाजिक विकास मन्त्रालयले १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख रुपैयाँ आर्थिक सहयोग आएको जानकारी दिईएको थियो ।
विराट गोल्डकप आयोजक समितिका संयोजक शाहले मुख्य प्रयोजकहरुबाट २० लाख, प्रयोजकहरुबाट १० लाख, सहप्रयोजकहरुबाट ५० हजार प्राप्त भएको थियो जानकारी दिए । त्यस्तै टिकट बिक्रीबाट ५९ लाख ७६ हजार १ सय आम्दानी भएको थियो । विराटनगरको सहिद रंगशालमा फ्लडलाइट जडान गरि २०७७ चैत २६ देखि ०७८ वैशाख ४ गतेसम्म विराट गोल्डकप आयोजना गरिएको थियो । विराट गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल काठमाडांै र उपबिजेता पन्जाब पुलिस जलन्धर भारत बनेको थियो ।
प्रतियोगिताको बिजेताले ट्रफिसहित १५ लाख १५ हजार रुपैयाँ, उपबिजेताले ७ लाख ५१ हजार रुपैयाँ पाएका थिए । विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाले आगामी दिनमा पनि विराट गोल्डकपलाई निरन्ता दिने बताए । एउटा गौरबको रुपमा रहेको गोल्डकपको आफ्ना शाख जोगाउनको लागिपनि प्रतियोगिता गर्नैपर्ने बाध्यता रहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्