१३ बैशाख २०८१, बिहिबार

सुरक्षा निकायसँग उद्योग परिसंघ विराटनगरका पदाधिकारीको छलफल

संवाददाता

डिआईसी अरुणकुमार बिसीलाई स्वागत गर्दै उद्योग परिसंघ विराटनगरका अध्यक्ष भीम घिमिरे

विराटनगर । नेपाल उद्योग परिसंघले सरुवा भएर प्रदेशमा आएका सुरक्षा निकायका अधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ। आज नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरूण कुमार बिसी, एसएसपी मिरा चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीलाई सम्मान तथा स्वागत गरेको हो ।
नेपाल उद्योग परिसंघले सीमा क्षेत्रमा हुने चोरी तस्करी, नागरिक सुरक्षाको सवालमा सुरक्षा निकायको ध्यानाकर्षण गराएको संघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले जानकारी दिए । सुरक्षा निकाय, उद्योगी ब्यवसायी विचको सम्बन्ध सुमधुर बनाउने बारेमा पनि छलफल भएको अध्यक्ष घिमिरेले बताए । स्वागत सम्मानसँगै भएको छलफलमा संघका सल्लाहकार महेश जाजु, प्रमुख संरक्षक पवन कुमार सारडा सल्लाहाकारहरू सुशिल धनावत, उद्धव रिजाल, उपाध्यक्ष नवल किशोर कावरा, प्रवक्ता दिवस सुवेदी, महिला उद्यमी अनुपमा बाँस्तोला लगायत वोर्ड सदस्यको सहभागीता रहेको संघका महानिर्देशक बिजयहरि शर्माले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्