१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा दुई दिनमा ३३ ग्राहकको लाईन काटियो, ६७ लाख असुली

संवाददाता

नेपाल बिद्युत प्राधिकरण विराटनगर

विराटनगर । नेपाल बिद्युत प्राधिकरण विराटनगरले बक्यौता असुलीलाई तिब्रता दिएको छ। लामो समयसम्म बक्यौता रहेका उपभोत्ताबाट बक्यौता असुल्नका लागि ताकेता गर्ने तथा बिद्युत कटौती गर्ने कामलाई तिब्रता दिएको नेपाल बिद्युत प्राधिकरण बिराटनगर वितरण केन्द्रले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण बिरातनगर बितरन केन्द्रले बुधबार र बिहिबार दुई दिन अभियान संचालन गरेर नै बक्यौैता असुली गरेको हो । बुधबा र बिहिबार दुई तिनमा ३३ जना ग्राहकको लाईन कटौती गरेको छ । ती ग्राहकबाट १ करोड ५३ लाख १ हजार ७९० रुपैयाँ असुल गर्नु पर्नेमा उनीहरुको लाईन काटौती गरि ६७ लाख ६० हजार ३७०रुपैयाँ असुल गरिएको विद्युत प्राधिकरण विराटनगरका प्रशासन अधिकृत भरत केसीले जानकारी दिए । उपभोक्ताले ६० दिनसम्म महसुल नतिरेमा प्राधिकरणले ग्राहकको जुनसुकै बेला लाइन काट्न सक्ने कानुनी व्यवस्था अनुसार उपभोक्तालाई सचेत गराउँदै बक्यौताललाई असुल गरिएको प्राधिकरणले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्