१३ बैशाख २०८१, बिहिबार

बेलायतको डिग्री पढाई ‘बिराटनगर इन्टरनेशनल’ले शुरु गर्दै

संवाददाता

पत्रकार सम्मेलन गर्दै बिराटनगर इन्टरनेशनल कलेज

विराटनगर । मेरिल्याण्ड कलेजको नामबाट लामो समय संचालनमा रहेको कलेजले आफ्नो नाम परिवर्तन गर्दै बिराटनगर ईन्टरनेशनल कलेजको नामबाट पढाई शुरु गर्ने भएको छ। बिगत ७ बर्षअघि संचालनमा आएको बिराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेजको नाम परिवर्तन भएर बिराटनगर इन्टरनेशनल कलेज भएको हो । नाम परिवर्तनसँगै बेलायतको डिग्री पढाई यस कलेजले शुरु गर्न लागेको जानकारी दिईएको छ। बिराटनगरमा पत्रकार सम्मेलन गर्दै कलेजले बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसंगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री संचालन गर्दै बेलायतका ३ वटा कोर्ष शुरु गर्न लागेको जानकारी दिईएको हो ।
शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलन आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवस्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट, मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए । बिगत ७ वर्षदेखि कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको कोर्ष पढाइदै आएको थियो । लेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी बिद्यार्थीहरुलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी बिद्यार्थी अन्तरास्ट्रिय शिक्षा नेपालमै दिएको उनले बताए ।
प्रदशे १ मा पहिलो पटक इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्ट र आगामी बर्ष मास्टर्स इन इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष संचालन गरिने बुढाथोकीले बताए । उनले इनोभेट नेपाल ग्रुप अन्तर्गत बिराटनगर इन्टरनेसनल कलेज, इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज तथा अन्य बिभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरु रहेको जानकारी दिए । नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मर्ने उदेश्यका साथ विश्वका बिभिन्न १८ देशमा समेत प्रयोग भईरहेको अनलाइन लर्निंङको लागि ‘माइ सेकेन्ड टिचर’ पनि संचालनमा ल्याएको बुढाथोकीले दाबी गरे ।
प्रदेश नम्बर १ र वरिपरीका बिद्यार्थीले गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपालका तथा मल्टी नेशनल कम्पनीलेहरुको माग अनुसारका दक्ष जनशक्ति उक्त कलेजबाट उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ । विराटनगर ईनटरनेशलन कलेजका सिईओ डा ऋषिकेश वाग्लेले विद्यार्थीको पढाईसँगै रोजगारीसँग जोडेर लग्ने बताए । प्रदेश १ मा पहिलो पटक पढाई हुन लागेको इन्टरनेसनल हस्पिटालिटि म्यानेजमेन्टको लागि सस्तो र सर्बसुलभ मुल्यमा पढ्न पाईने ब्यवस्था मिलाईएको वाग्लेले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्