१२ बैशाख २०८१, बुधबार

विराटनगरको एकिकृत कृषि बजार बन्यो तर संचालनमा किन आयो समस्या

संवाददाता

विराटनगर । कटहरी गाउँपालिका वडा नम्बर २ का रामनारायण राजबंशीले कृषि बजार अहिले भब्य हुनु पर्ने थियो । यतिबेला एकिकृत कृषि बजारमा निक्कै चहल पहल , भिडभाड, सामान ल्याउने र लग्नेहरुलाई भ्याई नभ्याई भएको हुनुपर्ने थियो । आईतबार बिराटनगरको एकिकृत कृषि बजारमा त्यस्तो थिएन ।
राजबंशी हरेक दिन त्यही सडक भएर ओहोर दोहोर गर्छन् । बिहान साँझ उनी त्यही एकिकृत कृषि बजारलाई नियाली रहेका हुन्छन् । ‘के सोचका थियौँ, अहिले भईदियो के, उनले भने, हामीले सोचेको कृषि बजारमा धेरै तिरबाट सामानहरु आउने छ, सबैले काम पाउने छन्, तर बजार पुर्ण संचालनमा नै आउन सकेन ।’
हुन पनि तामझामका साथ तात्कालिन प्रधानमन्त्री केपीशर्मा ओलीले बिराटनगरमा निर्माण भएको एकिकृत कृषि बजारको उद्घाटन गरेका थिए । यो मात्र हैन झापाको दमकमा रहेको एकिकृत पशु बजारको पनि उदेघाटन भएको थियो । झापाको एकिकृत पशु बजार संचालनमा आएको भएपनि बिराटनगरको एकिकृत कृषि बजार भने संचालनमा आउन सकेन । एकिकृत कृषि बजारमा सुरक्षागार्डहरु पनि राखिएको छ, आईतबार सुरक्षा गार्ड सुतिरहेका थिए। चहल पहल केही नहुँदा उनलाई सुरक्षाको खासै चिन्ता देखिन्न थियो ।
मुल गेट खुल्ला थियो, भित्र खुद्रा बजारका लागि बनाईएको भवनको पस्चिमपट्टी दुईजना स्थानीय टहलिन आएका थिए । उनीहरु त्यहाँ बसेर पहिला भएको जग्गा र अहिलेको एकिकृत कृषि बजारको बारेमा कुरा गर्दै थिए। पहिला यो एकिकृत कृषि बजार भएको ठाउँ स्थानीय, युवाहरुले फुटवल खेल्ने ठाउँ र स्थानीयको खुल्ला सौचालय थियो। केही घरहरु पनि थिए। भएको घर भत्काएर अन्यत्र सारियो । करिब दुईबर्षको अबधिमा निर्माण पुरा भएको एकिकृत कृषि बजार क्षेत्रीय कृषि बजारको रुपमा विकास गर्ने लक्ष्य राखिएको थियो । किसानलाई बिचौलियाबाट हुने ठगी रोक्नका लागि यो कृषि बजार निर्माण भएको थियो। व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) ले लगभग १३ करोड ७६ लाखको लागतमा शुरु भएको परियोजना पछि केहीरकम थपिएको बताईन्छ।
कटहरीको जनप्रिय माविको नाममा रहेको ४ विगाहा १८ कठ्ठा र गाविसको नाममा रहेको १८ कठ्ठा जग्गामा संरचना निर्माण भएको छ । बैंक, कृषि उत्पादनको स्टोर, खुद्रा तथा थोकको छुट्टा छुट्टै भवन बनाएर स्टलहरु राखिएका छन् । बनाईएको संरचना भित्र आईबार खुद्रा बजारमा केही कृषि सामाग्री थिए भने थोक बजारको भवनमा कुकुरहरु सुतिरहेका थिए ।
करोडौको लगानीमा निर्माण गर्नुको अर्थ भनेको बिराटनगरको मुख्य बजारमा रहेको गुद्रीबजारलाई स्थानान्तरण गरि एकिकृत रुपमा अन्तराष्ट्रिय मोडलमा कृषि बजार संचलन गर्नु नै थियो ।

यहाँ कमेन्ट गर्नुहोस्