०१ आषाढ २०८२, आइतबार

हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु

Click Biratnagar

विराटनगर। हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेम बहादुर लिम्बुको सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जेठ २१ गते राति खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो। उनको उपचारको क्रममा गयराती ९ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। सबलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

यहाँ कमेन्ट गर्नुहोस्