Click Biratnagar

काठमाडौं, साउन ३ – नेपाल खेलकुद महासंघको सामाजिक सेवा तथा स्वयंसेवक विभागले काठमाडौंस्थित बुढानीलकण्ठ मन्दिर परिसरमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार सम्पन्न उक्त कार्यक्रम विभागका उपप्रमुख कमरेड आशिष राईको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रीय अध्यक्ष कमरेड पर्शुराम बस्नेत रहेका थिए। विशिष्ट अतिथिका रूपमा महासंघका महासचिव कमरेड धरमबहादुर लामा, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामा सहभागी थिए। साथै महासंघका विभिन्न पदमा कार्यरत नेताहरू, बुढानीलकण्ठ क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत वातावरण स्वच्छता र सामाजिक उत्तरदायित्वमा आधारित गतिविधिहरूलाई संस्थागत गर्दै अगाडि बढ्न विभागले लिएको पहलकदमीप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरे।
सहभागीहरूले सामाजिक रचनात्मकतामा आधारित यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै विभागलाई आगामी दिनमा थप सफल तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।