१४ बैशाख २०८१, शुक्रबार

मनसुनजन्य कार्यबिधि कार्यान्वायनमा लग्ने मन्त्री परिषदको निर्णय

संवाददाता

विराटनगर । प्रदेश १ को मन्त्री परिषदको बैठकले मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनः निर्माण पुनस्थापन गर्न बनेको कार्यविधी कार्यान्वायनमा लग्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले निम्न कार्यबिधि कार्यन्वयन गराउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ । कार्यबिधिमा उल्लेख भएको ब्यवस्था अनुसार पीडित परिवारलाई संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्ध गराउने निर्णय अनुसार कार्यान्वायनमा लग्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएकोछ । संघको निर्णय अनुसार प्रदेश सरकारको तर्फबाट हिमाली जिल्लाका बासिन्दालाई प्रति परिवार ५ लाख, पहाडी क्षेत्रका बासिन्दालाई ४ लाख र तराई क्षेत्रका बासिन्दालाई तीन लाख उपलब्ध गराउने निर्णय गरेको मन्त्री परिषद कार्यालयले जनाएको हो ।
प्रदेश अन्तर्गत रहेका लोकसेवा आयोग, योजना आयोगमा रिक्त अस्थायी दरवन्दी सिर्जना गर्ने तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरवन्दी कायम गर्ने निर्णय पनि गरेको छ । त्यस्तै मानव अधिकार सम्बन्धि काम गर्न प्रदेश सरकारले फोकल पर्सन तोक्ने निर्णय भएको जनाईएकोछ ।

यहाँ कमेन्ट गर्नुहोस्