१५ साउन २०८२, बुधबार

धनकुटाका दुई वर्षामापन केन्द्रमा भारी वर्षा, सतर्क रहन जल तथा मौसम विभागको आग्रह

Click Biratnagar

धनकुट । पछिल्लो तीन घण्टामा धनकुटा जिल्लास्थित त्रिबेणी र मछुवाघाट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले राति ९:०५ बजे सार्वजनिक गरेको सूचनामा सो क्षेत्र भएर बग्ने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागले विशेषगरी त्रिबेणी र मछुवाघाट आसपासका बासिन्दालाई बाढी र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र जोखिमयुक्त क्षेत्रमा नजान अनुरोध गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्