०७ बैशाख २०८१, शुक्रबार

विराटनगरको हाजी इलेक्ट्रोनिक्स रियलमी मोबाइलको डिस्ट्रिब्युटर

संवाददाता

रियलमी ब्रान्ड मोबाइलको बजारमा बिक्री बितरण सुरु

विराटनगर । बिराटनगर ७ मा रहेको हाजी इलेक्ट्रोनिकसले रियलमी ब्रान्डको अथोराइज्ड डिस्ट्रीब्युटर संचालनमा ल्याएको छ । बिराटनगर, रंङेली लगायत मोरङका विभिन्न क्षेत्रमा बिक्री बितरण गर्ने गरि डिस्ट्रिब्युटर्स संचालनमा ल्याएको हो । आईतबार एक कार्यक्रमका बिच चार विभिन्न मोडलका मोबाइलहरु सार्वजनिक गरिएको छ । जसमा सि ११ (२०२१), सि २०, सि २१ र रियलमी ८ ब्रान्डका मोबाइल रिलन्च गरि बजारमा बिक्री बितरण सुरु गरेको हो ।
२ जिबी र्याम र ३२ जिबी र्याममा सि ११ र सि २० रहेको छ । जसको बजार मुल्य १२ हजार ४ सय ९९ र १२ हजार ८ सय ४९ राखिएको छ। सि २१ , चार जिबि र्याम र ६४ जिबि र्याममा उपलब्ध छ । जसको बजार मुल्य १६९९९ रहेको छ । रियलमी ८ , छ जिबि रयाम र १२८ जिबि र्याममा उपलब्ध छ जसको बजार मूल्य २८ हजार ७९९ रहेको छ ।

यस अघि मुरारका ग्रुपद्वारा नेपाल भित्राइएको रियलमी ब्राण्डलाई हाल शंकर ग्रुपको जगदम्बा मोबाइल्सले नेपाली बजारमा पुन बजारीकरण थालेको हो । नेपाली ग्राहकको क्रयशक्तिले भ्याउने खालको मोबाइल सेटहरु भएका कारण नेपाली बजारमा छोटो समयमै रियलमी मोबाइलले महत्वपूर्ण हिस्सा ओगट्न सफल हुने हाजी इलेक्ट्रोनिकका प्रबन्ध निर्देशक खुर्शिद आलमले जानकारी दिए । बजारमा देखिएको मागका आधारमा रियल मी मोवाईल बजामार ल्याईएको उनको भनाई छ।

यहाँ कमेन्ट गर्नुहोस्