१६ चैत्र २०८०, शुक्रबार

विराटनगरमा एक ब्यक्ति मृत फेला

संवाददाता

विराटनगर । विराटनगरमा एक ब्यक्ति मृत अबस्थामा फेला परेका छन् । माेरङकाे विराटनगर महानगरपालिका वडा नम्बर १३ मा रहेकाे डिएभि स्कुल नजिकै एक जना युवा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । ३० देखि ३५ वर्षकाे जस्ताे देखिने युवा आज विहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । मृतक युवाको पहिचान खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रहरी टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको डिएसपी श्रेष्ठले बताए । घटनाकाे सम्बन्धमा अनुसन्धान भईरहेकाेले पोस्मार्टम रिपोटपछि थप तथय खुल्ने उनले बताए । मृतकको पहिचान खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्