०७ बैशाख २०८१, शुक्रबार

संखुवासभामा एकै परिवारका ६ जना मृत

संवाददाता

संखुवासभा । संखुवासभा मादि नगरपालिका १ उमलिङमा एकै घरपरिवारको छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। मृत अबस्थामा फेला पर्नेहरुमा सोही स्थान की ८४ बर्षीया पार्वती कार्की, ५२ बर्षीय तेज बहादुर कार्की, ५२ बर्षीया कमला कार्की, ३२ बर्षीया रञ्जना कार्की, ११ बर्षीय दिपेन कार्की र ७ बर्षीया गोमा कार्की रहेका छन् । घटनास्थल ईलाका प्रहरी कार्यालय चैनपुरबाट ५५ किलोमिटर पुर्व रहेकोले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्