१४ बैशाख २०८१, शुक्रबार

आमाबुबा प्रति समर्पित प्रमोद खरेलको गीत सार्बजनिक

संवाददाता

काठमाडौ । आमाबुबाका विषयमा संसार कति कृतिसिर्जना भए, कतिसिनेमा, गीत, कथा कविता र अन्य रचनाहरु भए?तुलनात्मक रुपमा अन्य विषय भन्दा अत्यन्तकम नै छन् । नेपालमापनि आमा बुबा सम्बन्धिका सिर्जनाहरु नगन्यमात्रामा मात्रा छन् । यही आवश्यकता पुर्ति गर्न र आमाबुबा प्रती सन्तानहरुको धारणा कस्तो हुनु पर्छ भन्ने भावको “बाआमा” बोलकोे गीत गीतकार निश्चलश्रेष्ठले सार्वजनिक गरेका छन् ।
उक्तगीतमाविकास चौधरीले मर्मस्पर्शी संगीत भरेका छन् भने लोकप्रियगायकप्रमोद खरेलले जिवन्तआवजदिएका छन् ।
आजकुशे औंशी, बुबाको मुख हेर्ने दिन हो । यही सन्दर्भलाई लक्षित गरि तयार भएको यस गीतमा धेरैले आफ्ना आमाबुबा सँग टिकटक बनाउने आशा गीतकारको छ। टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको गीतकार निश्चल श्रेष्ठले बताएका छन् । उत्कृष्ट तीनजनालाई पुरस्का र यस गीतको अफिसियल म्युजिकल फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने छ ।
ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ । एउटा सन्तानले आफ्ना आमाबुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुतगरिएको छ ।
मिरा साउण्ड स्टुडियोमा रेकर्ड भएको यस गीतमा एरेन्जर रोशन बान्तवा, रेकर्डिष्ट सुबास कुथुमी राई, गीतार वर्क संजीवलिम्बु, ढोलक÷तबला÷मादलः भरत बुढाथोकी, बाँसुरीः संजीव मैनालीले गरेका छन् ।
ंंंंंंंंंंं

यहाँ कमेन्ट गर्नुहोस्