१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकार प्रत्यक जिल्लामा कार्यालय खोल्दै

संवाददाता

विराटनगर । प्रदेश –१ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले १४ जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय संचालनमा ल्याउने निर्णय गरेको छ। बुधबार बसेको बैठकले सार्वजनिक सेवा गुणस्तरिय र प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषी ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको हो । कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकिकृत संगठन संरचना तयार गरि सेवा प्रवाह गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ।
प्रदेश भरीका कृषकहरुको सहजताकालागि भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय माताहतका यी कार्यालयहरु यस अघि प्रत्ये २ जिल्ला हेर्ने एउटा कार्यालय रहेको थियो । यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रि लछुमन तिवारीले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरु स्थापना गर्ने पनि निर्णय भएको छ । यस अन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पुल तथा पक्की पुल लगायतका काम पर्छन् । यस्तै खानेपानी, सिचाई, उर्जा, जलश्रोत लगायतका विषयका काम कारवाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलश्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको मन्त्री तिवारीले बताए ।
यस अघिको मन्त्रीपरिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरिय सेवा प्रवाहका लागि अनलाइन प्रणालीमा सेवा दिने गर्ने निर्णय गरेको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्