१३ बैशाख २०८१, बिहिबार

‘मेरोलागि माधव नेपाल टाढाबाट देखेको राजा जस्तै हो ’

संवाददाता

आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थल तेह्रथुमको आठराईका अध्यक्षले नै ओलीको साथ छाडेका छन् । तेह्रथुमलाई आफ्नो पकड क्षेत्र मान्दै आएका ओलीलाई आफ्नै पालिकाको अध्यक्षले नै धोका दिएका हुन् । पार्टीमा बिष्णुविक्रम सुब्बाको नामबाट चिनिएका तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले नेकपा एमाले छाडेर नेकपा (एकिकृत समाजवादी)मा सनाखत गर्न पुगे ।
दशौँ जिल्ला अधिबेशनमा अध्यक्षको लागि उम्मेदवार भएका राई गुटकै कारण पराजित भएका थिए । ओलीका विस्वासिला पात्र मध्येका एक लिम्बुले ओली समुहबाट नै राजनीति गर्दै आएका थिए। केपी शर्मा ओलीले प्रतिनिधि सभा बिघटन गरेको बेलामा समेत ओली समुहमा रहेर ओलीलाई साथ दिएका लिम्बुले अहिले एकाएक पार्टी परिवर्तन गरेको बिषयमा नेता कार्यकर्ता नै आन्यौलमा छन् ।
ओली नेतृत्वको एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा सनाखत गरेर त्यसको सदस्य रहेको प्रमाण पेश गर्दै माधव नेपाललाई साथ दिन पुगेका हुन् । ‘म माधब लाइनको मान्छे हैन, कम्युनिष्ट कार्यकर्ता हो, उनले भने, कम्युपार्टी भनेको बिचारको नेतृत्व गर्ने भएकोले केही ईमान्दार जस्ता देखिने नेताहरु त्यता देखेर कम्युनिष्ट मध्येको एउटा पार्टी रोजेको हो ।’ लिम्बुले अहिलेसम्म माधव नेपालसँग जम्मा एक पटक मात्र देखादेख भएको सुनाए । ‘मेरोलागि माधब नेपाल एक पटक टाढाबाट देखेको राजा जस्तै हो, लिम्बुले भने, ओली नेतृत्वको कम्युनिष्ट पार्टीमा काम गर्ने तरिका ठिक लागेन, त्यही भएर उता खुलेको हो ।’ लिम्बुले नेकपा एसमा खुलेपनि लामो समय उत्तै बस्ने भन्ने नरहेको बताएका छन् । ‘पार्टी संगठन भनेको बिचारको नेतृत्व गर्ने संगठन हो, पार्टी भित्र आलोचना, आत्मा आलोचना गर्ने अबसर किन पाईएन भन्ने मेरो प्रश्न हो, लिम्बु भने, कार्यशैलीगत प्रश्नमा म सन्तुष्ट थिईँन, ओलीले गुण्डाहरु फटाहाहरुको संरक्षण गर्ने तर बौद्धिक मान्छे र ईमान्दार मान्छेलाई बेवास्ता जस्ता कार्यशैलीगत प्रश्न उठ्दा खराब मध्येको कम खराब मान्छेको पक्षमा लागौँन त भनेर हो ।’
उनले माधव नेपालको पछि लागेकाहरु तुलनात्मक रुपमा अलिक ठिक खालका छन् भन्ने मात्र लागेको भएपनि त्यस भित्र पनि सबै राम्रा नभएको दाबी गरे । नेकपा एमाले छाडेर जाँनुपर्दा पीर परेको सुनाउँदै लिम्बुले भने, ‘बाउ मर्दा छोरो रुँदैन र ? यो अहिलेको पार्टी फुट्नु भनेको बाबुआमा मरेको जस्तो मैले महसुस गरेको छु ।’

 

यहाँ कमेन्ट गर्नुहोस्