०७ बैशाख २०८१, शुक्रबार

ग्रामथानमा करेन्ट लागेर एकजनाको मृत्यु

संवाददाता

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको गिधनियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका ५ का ३० बर्षीय सन्तोस बिश्वासको करेन्ट लागेर मृत्यु भएको हो । ग्रामथान ५ लवारेमा रहेको कुखुरा फार्ममा खाने पानी भर्न मोटर जोड्ने क्रममा करेन्ट लागी बोहोस भएका बिश्वासको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्