१५ बैशाख २०८१, शनिबार

आमा छोरा र छोरीको एउटै चितामा अन्तिम दाहसंस्कार

Click Biratnagar

६ जनाको शवलाई इटहरीमा अन्तिम दाहसंस्कार गरिएको छ

विराटनगर । संखुवासभामा हत्या भएका ६ जनाको शवलाई इटहरीमा अन्तिम दाहसंस्कार गरिएको छ। संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोलागाउँमा  हत्या भएका सबै जनाको इटहरीमा दाहसंस्कार गरिएको हो । मादी नगरपालिका १ का बौद्धमान कार्कीकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५३ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना र नाती ११ वर्षीय दीपेन र नातिनी ५ वर्षीया गोमा कार्कीको सामेबार बिहान हत्या भएको अवस्थामा शव भेटिएको थियो ।

उनीहरुको बुधबार साँझ इटहरीको बुढीजमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको हो । रञ्जना, दिपेन र गोमाको एउटै चितामा अन्त्येष्टि गरिएको छ । तेजबहादुर र कमलाको एउटा चितामा र पार्वताको छुट्टै चितामा अन्त्येष्टि गरिएको थियो दाहसंस्कार पछि पत्रकार सम्मेलन गर्दै मृतकका आफन्तले हत्या बिहान भएको हुनसक्ने आशंका गरेका छन् । मृतकका आफन्त तिलक कार्कीले मुलघरमा सबै सफा गरिएको र पानी पनि बसालेको अवस्था देखिएको थियो त्यस्तो हेर्दा घटना बिहान भएको हो की भनेर आशंका गर्न सकिने बताए । घटना रहस्यमय रहेको भन्दै उनले गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाकी गर्न माग गरे ।

मंगलबार साँझ पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा उनीहरुको बुधबार दिनभर पोस्टमार्टम सकेर साँझ अन्त्येष्टि गरिएको थियो ।  घटनाको बारेमा अहिले पनि प्रहरीले स्थलगत रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्