१३ बैशाख २०८१, बिहिबार

इटहरीमा करेन्ट लागेर महिलाको मृत्यु

संवाददाता

सुनसरी । सुनसरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका १७ बडहरा की ५०बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । आज दिउसो आफ्नै घरको आगनमा कल चलाएर भाँडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाईते भएकी श्रेष्ठको अस्पतालमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्