०८ बैशाख २०८१, शनिबार

सरकारी छाप दस्तखत किर्ते गर्ने पक्राउ, सरकारी जागिर लगाईदिने भन्दै ठगी धन्दा

संवाददाता

सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने अमर वहादुर लामिछाने

विराटनगर । सरकारी छाप दस्तखत किर्ते गरि ठगी गर्ने एक जनालाई पक्राउ परेका छन् । धरानबाट खटिएको प्रहरी टोलीले महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा बस्ने ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछानेलार्य पक्राउ गरेको हो । आफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भनि प्रलोभन देखाई सर्वसाधरण मानिसहरुलाई ठगी प्रलोभनमा पारी नगद रकम लिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरीका अनुसार मगरले लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको हो ।
प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप), गोप्य लेखेको रवरको छाप, जिबछ लामिछाने समेत लेखेको रवरको छाप बरामद गरेको छ । त्यस्तै नेपाल सरकार गृह, मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छा, प्रहरी निरीक्षक लेखेको रवरको छाप, उपसचिव लेखेको रवरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम पनि प्रहरीले बरामद गरेको छ । त्यस्कै कर्मचारीका छापहरु, शाखा अधिकृत लेखेको छाप लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु मरामद गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। प्रहरीले पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ (सात) को म्यादथप गरी थप अनुसन्धान थालेको छ। ।

यहाँ कमेन्ट गर्नुहोस्