०६ बैशाख २०८१, बिहिबार

अंशबण्डाको बिषयमा विवाद हुदाँ ओखलढुंगामा एकजनाको हत्या

संवाददाता

विराटनगर । ओखलढुंगामा एक ब्यक्तिको हत्या भएको छ। खिजिदेम्बा गाउँपालिका ५ ढाडखर्कका ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। हत्यामा उनकै भाईको संलग्नता रहेको प्रहरीले जनाएको छ। हत्यामा उनकै आफ्नै भाई ६७ बर्षीय शेर बहादुर तामाङ र शेर बहादुरका छोरा ३६ बर्षीय बिर बहादुर तामाङ संलग्न रहेको प्रहरीले जनाएको छ।
आज दिउसो साढे १२ बजे हत्या भएको जानकारी पाएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेको टोलीले दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी टोलीले हत्यामा सम्लग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाऊ सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ। अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्र बहादुर तामाङको घटनास्थलमानै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको जनाईएको छ।
घटना बारेमा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थलमा पुगेको छ । उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम उत्तर रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्