१८ आषाढ २०७९, शनिबार

एकजनाको हत्या पछि घटना लुकाउन परिवारैको हत्या

संवाददाता

६ जनाको सामुहिक हत्यामा संग्लग्न लोक बहादुर कार्की

विराटनगर । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारको ६ जनाको हत्या आरोपीलाई प्रहरीले सर्बाजनिक गरेको छ। भाद्र २१ गते भएको एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संग्लग्न स्थानीय २५ बर्षीय लोक बहादुर कार्कीलाई प्रहरीले सार्बजनिक गरेको हो ।
कार्कीले भाद्र २१ गते छिमेकी ५५ बर्षीय तेज बहादुर कार्की, ५४ बर्षीया कमला भन्ने मनमाया कार्की, ३२ बर्षीया रञ्जना कार्की, ८ बर्षीय बिपिन भनिने दिपेन कार्की, ५ बर्षीया गोमा कार्की र ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीको हत्या गरेको प्रदेश १ प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले बताए ।
२१ गते बिहान करिव साँढे ६ बजेको समयमा कार्की परिवारको हत्या भएको भन्ने खबर प्राप्त भएसंगै तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनापछि अनुसन्धानको लागी संघिय प्रहरी ईकाई कार्यालय धरानबाट डग सहितको प्रहरी टोली, १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली तथा केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोली समेत परिचानल भएको थियो ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी. सहितको अनुसन्धान टोलीले सामुहिक हत्यामा संग्लग्न रहेका कार्कीलाई घटना भएको छैटौ दिनमा पक्राउ पछि आईतबार सार्बजनिक गरेको हो । ईलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको थियो। पक्राउ परेका कार्की बैदेशिक रोजगारीको शिलशिलामा पटक पटक बिदेश गएता पनी स्वास्थ्यमा समस्या आएपछि घर फर्की बसिरहेको र आफु बिदेशमा रहदा केही कमाउन नसकेको प्रति हिनताबोध भई समय समयमा बिक्षिप्त हुने गरेको र आफै आवेश तथा आक्रोश आई परिवारकै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिआईसी बिसीले बताए ।
अभियुक्तका काका समेत रहेका मृतक तेज बहादुर कार्कीले समय समयमा सम्झाई बुझाई गर्दै आईरहेकोमा घटना भएको दिन बिहान मृतक तेज बहादुर कार्की उनको घरमा गएको प्रहरीको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। पक्राउ परेका ब्यक्तिको घरमा खेताला भन्न गई फर्कने क्रममा बिगतमा आफुलाई सम्झाई बुझाई गरेको शब्दहरुलाई गाली गलौजको रुपमा लिई तत्काल आवेशमा आई नजिकै रहेको दाउराको चिर्पटले टाउको पछाडी प्रहार गरी हत्या गरेको तथा आफुलाई चिर्पटले प्रहार भए पश्चात हार गुहार गर्दा श्रीमती र बुहारी समेत घटनास्थलमा पुगेकोमा निजहरुलाई समेत प्रहार गरेको प्रहरीले जनाएको छ। साथै घर नजिक बाटोको डिलमा रहेका दुई जना नावालकलाई समेत चिर्पटले प्रहार गरी हत्या गरी घरमा रहेकी पार्वता कार्कीलाई कपालमा समातेर भित्तामा टाउको ठोकाई हत्या गरी घटनामा प्रयोग भएको दाउरा घरमा लगेर आगो बालेको अनुसन्धानको क्रममा खुल्न आएको डिआईजी बिसीले बताए ।
शुरुमा तेज बहादुरको हत्या गरेका लोक बहादुरले तेज बहादुरको हत्या गरेको घर परिवारका अन्य सदस्यले समेत देखेको हुँदा घटनालाई ढाकछोप गर्न परिवारकै हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको दाबी छ। पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्