०७ बैशाख २०८१, शुक्रबार

नेकपा एसको संसदीय दलको नेतामा राई चयन

संवाददाता

राजेन्द्र राई,दलको नेता, नेकपा (एकीकृत समाजवादी)प्रदेश १

विराटनगर । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)ले दल दर्ता सम्बन्धमा प्रदेश सभालाई जानकारी गराएको छ। संसदीय दलको नेता चयन गरेको जानकारी गराउँदै संसदीय दलको नेतामा राजेन्द्र राईलाई चयन गरिएको पत्र संसद सचिवालयलाई दिएको हो ।
प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीलाई समाजवादी दलको तर्फबाट सावित्रा कुमारी रेग्मीले दलको नेता चयन भएको बुझाएकीहुन् । नेकपा एसको शनिबार बसेको दलको बैठकले नेकपा एमालेको संसदीय दलका नेता भीमप्रसाद आचार्य नेतृत्वको प्रदेश सरकारलाई समर्थन नरहेको निर्णय पनि आजै प्रदेश सभामा बुझाएको छ ।
प्रदेश १ बाट नेकपा एसको दलको तर्फबाट गरेको सनाखत निर्वाचन आयोगले शुक्रबार सदर गरेसँगै सक्रियता बढेको हो । दलको आधिकारिकता प्राप्त भएपछि संसदीय दलको नेता चयन भएको बारेमा जानकारी प्रदेश सभालाई दिईएको नेकपा एसकी सांसद साबित्रा रेग्मीले बताईन् । प्रदेश १ मा नेकपा एसको तर्फबाट राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरे थिए ।
प्रदेशसभामा रहेका ९३ जना सांसद मध्ये नेकपा माओवादीले एकजना सांसदलाई कार्वाही गरेपछि अहिले सभामा सभामुख सहित ९२ जना सासद छन् । जसमा नेकपा एमालेका ४१, नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

यहाँ कमेन्ट गर्नुहोस्