१३ बैशाख २०८१, बिहिबार

लागूऔषध सहित तीन जना पक्राउ

संवाददाता

सुनसरी । सुनसरीमा लागु औषध सहित ३ जना पक्राउ परेका छन् । कोशी गाउँपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारतको सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् । उनीहरुको साथबाट लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १ हजार आठ क्याप्सुल र भारतीय नगद २० हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानएको छ। पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्