१५ बैशाख २०८१, शनिबार

सभामुख प्रति ओलीको असन्तुष्टि, पदीय मार्यादा भुलेको आरोप

संवाददाता

एमाले जिल्ला कमिटि झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको दाबी गरेका छन् । एमाले भित्रका केही छेस्काहरुमात्र चोईटिएर उछिट्टीएको दाबी गरेका हुन् ।
झापाले विर्तामोडमा नेकपा एमाले जिल्ला कमिटिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले बिभाजन नभई एउटा असन्तुष्ट समुह बाहिरिएको बताएका हुन् । एमाले भित्र बसेर फाईदा लिएका तर अन्त्यमा माधव नेपालले बेईमानी गरेको ओलीको आरोप छ । एउटा समुह निस्किएपनि एमाले भित्र खासै असर नपरेको दाबी गरेका ओलीले आगामी तीन तहकै निर्वाचनमा ंएमालेकै जित हुने बताए । ‘विकास विरोधी प्रतिक्रियावादीहरुको कारण विकास नचाहेर एमाले नेतृत्वको सरकार ढालिएको हो, उनले भने, एमालेको सरकारले ३ बर्षमा गरेका विकासको कामलाई कसैले बिर्सन सक्दैन ।’ उनले आफ्नो नेतृत्वको सरकार ढाल्नका लागि देशी बिदेशी शक्तिको समेत हात रहेको दाबी गरे । अहिलेको सरकार कमजोर रहेको टिप्पणी गर्दै २ महिनामा पनि सरकारले पुर्णता नपाउनुले परमादेशको सरकारले बहुमुल्य समय खेर फालेको उल्लेख गरे ।
प्रतिनिधि सभाका सभामुख प्रति आक्रामक देखिएका ओलीले सभामुले आफ्नो जिम्मेवारी भुलेर पदीय मर्यादा बाहिर गएको आरोप लगाए । ‘सभामुख अग्निप्रसाद सापकोटाले पदिय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरे, ओलीको आरोप थियो, एमाले पार्टिले कार्वाहि गरेका सांसदहरुको नामावली संसदको सुचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुदा पनि संसदमा पेश गर्न नखोज्नु सभामुखको गैर जिम्मेवार भूमिका हो ।’

यहाँ कमेन्ट गर्नुहोस्