१२ बैशाख २०८१, बुधबार

एक दिन पालिकाको अध्यक्ष बनेकी किशोरीको कथा, जो आफैँ केही गर्न चाहन्छिन्

संवाददाता

सुस्मिता ऋषिदेब

विराटनगर । राष्ट्रिय बाल दिवसको दिन एक बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाएर एउटा नयाँ अभ्यास गराईयो । उनलाई गाउँपालिकाको बोर्ड बैठक राख्नेदेखि बालबालिकाको बारेमा महत्वपुर्ण निर्णय गर्ने सम्मको अधिकारी दिईएको थियो । आर्थिक र प्रशासनिक काम बाहेकका अधिकार सहितको एउटा अभ्यास गराएको मोरङकोे बुढिगंगा गाउँपालिकालेृ एक दिनको लागि १६ बर्षिय बालिकालाई पालिकाको अध्यक्ष बनाएको थियो । बुढिगंगा गाउँपालिका वडा नम्बर २ की अस्मिता ऋषिदेब देशकै नमुना सांकेतिक पालिकाको अध्यक्षको भुमिकामा रहिन् ।
को हुन् सुस्मिता ?
सुस्मिता ऋषिदेब बुढिगंगा गाउँपालिका वडा नं २ की स्थायी बासिन्दा दलित समुदायकी किशोरी हुन् । तराईको दलित समुदायको प्रतिनिधित्वगर्ने १६ बर्ष भर्खर पार गरेकी छिन् । उनका बुबा रुपचन्द ऋषिदेब हुन भने उनीकी आमा राजकुमारी ऋषिदेब हुन् । उनको एउटी दिदी र एउटा दाई छनछ् । उनी हाल श्री नरग्राम नमुना माध्यामिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत छिन् ।
सिविन–नेपालमार्फत साविकको टंकीसिनवारी गा.वि.स तथा हालको बुढिंगंगा गाँउपालिका वडा नं १, २ र ३ मा संचालित बालबिबाह बिरुद्धको हेयर च्वाईस परियोजनामार्फत गठन भएको रक्षा किशोरी समुहमार्फत सामाजिक क्षेत्रमा उनी सक्रिय भएरु आएकी हुन् । बिभिन्न बाल क्लबहरुमा आबद्ध हुँदै आएकी सुस्मिताले जनचेतनाको क्षेत्रमा सामाजिक अभियान्ताको रुपमा काम गर्छिन । किशोरी समुहको अध्यक्ष समेत रहेकी सुस्मिता किशोरी समुहलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय किशोरी संजालको सह–सचिवकोभुमिकामा रहेक िछिन् ।
तराईको एकदमै पछाडी पारीएको गरीब तथा दलित परिवारमा हुर्किएकी सुस्मिता ऋषिदेबको परिवार एकदमै कमजोर आर्थिक अबस्थाको छ । ऋषिदेब समुदायका बालबालिका त्यसमा पनि बालिकाहरु कक्षा ५ देखि कक्षा ८ सम्म पुग्दा नपुग्दै बिद्यालय छोड्ने बिभिन्न अध्ययनले देखाउँछ । सुस्मिता भने एउटा असल र सक्षम नागरि बन्ने अठोटका साथ उनी अध्ययनरत छिन । यो समुदायमा बाल बिबाह, तथा बालश्रम ठुलो समस्याको रुपमा रहेको छ। सानै उमेरमा हुने बिवाह र बालश्रममा पनि संलग्न हुँदा ऋीषदेब समुदायका बालबालिका देखि अभिभावक पनि शिक्षाबाट बञ्चित रहेकोे सिबिनका बासु अधिकारी बताउँछन् ।
सविन नेपालले बिगत ३३ बर्ष देखि बालअधिकार प्रबद्र्धन तथा बाल संरक्षणको क्षेत्रमा काम गर्ने क्रममा सुस्मिता ऋषिदेब जस्ता थुप्रै बालबालिकाको नेतृत्व तथा क्षमता विकासमा सहयोग गरेको अधिकारीको भनाई छ। कतिपय बालबालिका आज किशोर, युवा तथा प्रौढ हुदै समाजका बिभिन्न क्षेत्रको नेतृत्वगर्ने स्थानमा रहेको अधिकारी बताउँछन् ।

 

यहाँ कमेन्ट गर्नुहोस्