१४ बैशाख २०८१, शुक्रबार

प्रदेश सरकारलाई एक करोड बरावरको स्वास्थ्य समाग्री हस्तान्तरण

संवाददाता

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउण्डेशनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा एक कार्यक्रमको विच मुख्यमन्त्री आचार्यलाई फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि एक करोड मल््य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
अमेरिकी गैर सरकारी संस्था प्रोजेक्ट होपको सहयोगमा फाउण्डेशनले स्वास्थ्य सम्बन्धिका ११ प्रकारका विभिन्न सरसमानहरु हस्तान्तरण गरेको फाउण्डेशनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिए ।
उनका अनुसार गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १ हजार ८ सय ९० थान, पिपिई मेडियम २ सय ७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३६० थान रहेको छ ।
कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।
मुख्यमन्त्री आचार्यले फाउण्डेशनको सामाजिक सेवा उल्लेखनीय भएको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व.प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उहाँका परिवारले फाउण्डेशन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिए ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरुमा प्रदेश सरकारसंग समन्वय गरि यस प्रदेशमा कोरोना महामारीसंग लड्न र बच्नका लागी आवश्यक पर्ने थप सामाग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाले यस अघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरि सकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्