०७ बैशाख २०८१, शुक्रबार

इटहरीमा सीप सिकेका महिलालाई मेसिन सहयोग

संवाददाता

सीप सिकेका महिला

इटहरी । इटहरी उपमहानगरपालिकाले सीप सिकेका महिलालाई मेसिन बितरण थालेको छ। सी सिकेका तर ब्यवसाय गर्न नपाएका महिलालाई लक्षित गरेर मेसिन उपलब्ध गरराएको हो ।
इटहरी उपमहानगर वडा नम्वर ५ को सीप विकास कार्यक्रम अन्तरगत १३ जना र उपमेयर आत्मनिर्भर कार्यक्रम मार्फत ७ जनालाई मेसिन उपलब्ध गराएको ईटहरी उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले २० वटा सिलाई मेसिन वितरण गरिएको बताईन् ।
६५ दिनसम्म संचालित तालिमबाट सीम सिकेका महिलालाई मेसिन हस्तान्न्तरण गरिएको उनले बताईन् । सम्वृद्धि हेल्भेटास परियोजनाको प्राविधिक सहयोगमा मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिले तालिम दिएको थियो । तालिमको आधारमा उपमहानगरपालिकाले मेसिन उपलब्ध गराएको हो ।
महिलालाई सीप सिकाएर मेसिन समेत प्रदान गरेर स्वरोजगार बन्ने् अबसरको शुरुवात ईटहरी उपमहानगरपालिकाले गर्न गालेको गौतमको भनाई छ। सिकेको सीपलाई सदुपयोग गरि ६ महिना भित्रमा रोजगार वन्ने बाटो तय भएको उनले बताईन् ।
उपमहानगरपालिकाले मेसिन उपलब्ध गराएपछि ब्यवसायी बन्ने महिलाले उत्पादन गरेका कपडाको बजारीकरणमा ववडाले सहयोग गर्ने वडा नम्वर ५ का वडाध्यक्ष कल्याण वहादुर कार्की बताए ।
सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर वालमुकुन्द न्यौपानेले हातमा सीप भएको मान्छे कहिल्यै भोको वस्नु नपर्ने बताए । कार्यक्रममा आयोजक मल्टिस्किल एण्ड इन्भारोमेन्ट प्रालिका विकास खनाल,वडा सदस्य टीका वस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेलले सीप विकास र त्यसको महत्वको बारेमा धारणा राखेका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्