१४ बैशाख २०८१, शुक्रबार

‘पहिला कालो दिवस मनायौैँ, अहिले संविधान संशोधनको कुरा छ’

राजकुमार यादव

राजकुमार यादव

हामीले संबिधान निर्माण भएको पहिलो बर्ष संबिधानको बिरोध गरेका थियौँ । संबिधान जारी भएको दिनलाई कालो दिवसको रुपमा पनि मनायौँ । एक बर्ष संविधानको बिरोध भएपनि अर्को बर्षदेखि आन्दोलनलाई परिस्कृत गरेर लग्यौँ । संबिधानमा देखिएका त्रुटी संशोधन गर्नु पर्छ भनेर दवाव सिर्जना गर्नको लागि कार्यक्रमहरु हरेक बर्ष हुँदै आएको छ । यो बर्ष पनि संबिधान संशोधन बिषयक अन्तरक्रिया कार्यक्रम राखेका छौँ । संबिधानमा भएका त्रुटिलाई संशोधन गर्नु पर्नेमाग सहितको अन्तरक्रिया हुँदैछ । २०७२ साल असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाएको हो । त्यसपछि यसलाई स्वीकार गर्दै अघि बढेका छौँ । अहिले पनि संबिधानमा भएका राम्रा पक्षलाई सुरक्षा गर्दै त्रुटीहरुलाई सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो ।
संबिधान बनेपनि चाहिने कानुनहरु बन्न सकेको छैन । जसको कारण प्रदेश र स्थानीय तहहरु पनि अन्यौलमा छन् । संबिधानमा लेखिएका कुराहरु कानुन बनाएर कार्यान्वायन भएको छैन । प्रदेशका अधिकारहरु केन्द्रीकृत राखेको छ । नाम प्रदेश भयो तर सबै काममा केन्द्रले हस्तक्षप गरेको छ। शिक्षामा मातृभाषाको कार्यान्वायन गर्ने भनिएको छ त्यो पनि पाठ्यक्रम ल्याएर कार्यान्वायन गर्न सकेको देखिन्न । प्रदेश प्रहरी ऐन केन्द्रले नबनाउँदा प्रदेशहरुमा बनेका ऐन कार्यान्वायनमा जान सकेको छैन । शिक्षा, स्वास्थ्य, निजामती सेवाको सही ब्यवस्थापन हुन सकेको छैन् । यसले संबिधान कार्यान्वायनमा जटिलता छ भन्न सकिन्छ । (प्रदेश उपाध्यक्ष तथा मोरङ अध्यक्ष, जनता समाजवादी पार्टी)

यहाँ कमेन्ट गर्नुहोस्