१५ बैशाख २०८१, शनिबार

सिन्धुलीको रानीवासमा संबिधानको संरक्षणको लागि दीपावली

संवाददाता

सिन्धुली । सिन्धुलीको माथिल्लो रानीवास नागरिक एकजुट भएर संबिधान दिवस मनाएका छन् । आज साँझ एक कार्यक्रमको आयोजना गरि गाउँका सबै भेला भएर संबिधान जारी भएको दिनको सम्झनामा दीपावली गरेका हुन् ।
कमलामाई नगरपालिकाको माथिल्लो रानिवासमा बालबालिका, युवा तथा जेष्ठ नागरिकको संयुक्त आयोजनामा दिपावली गरिएको माथिल्लो रानीवासका युवा डुकेन्द्र बरालले जानकारी दिए । देशमा संबिधान सभाबाट आएको संबिधानको रक्षाको निम्ती नागरिक स्तरबाट संबिधानको संरक्षणको लागि नागरिक दवावको रुपमा दीपावली गरिएको उनले बताए । लामो समयदेखि यो सामुहिक काम गर्ने यहाँका नागरिक हरेक काममा एक भएर लाग्दै आएका छन् ।
रानीवासका अगुवा समाजसेवी सुदर्शन दाहालले गाउँमा गरिएको दिपावलीले संबिधानको कार्यान्वायनको लागि दवाव सिर्जना गरेको र गाउँका सर्बसाधारणलाई एक ठाउँमा बाध्ने काम भएको बताए । प्रभात माध्यामिक बिद्यालयको अगाडी सबै भेला भएर दीपावली गरेका हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्