१५ बैशाख २०८१, शनिबार

संखुवासभा हत्या अनुसन्धान गर्ने दुई प्रहरी भदौ महिनाकोे उत्कृष्ट

संवाददाता

दुईजना सर्बोत्कृष्ट प्रहरी

विराटनगर । संखुवासभा हत्या अनुसन्धान गर्ने दुई प्रहरीलाई प्रदेश १ प्रहरी कार्यालयले भदौ महिनामा दुईजना सर्बोत्कृष्ट प्रहरी घोषित गरेको छ। इलाका प्रहरी कार्यालय चैनपुरमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खड्का भदौ महिनाको सर्बोत्कृष्ट प्रहरी ठहरिएका छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी एकै परिवारका ६ जनाको विभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याएको भन्दै सर्बोत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो । व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको प्रहरी प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ। सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालयमा राखिँदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्