११ बैशाख २०८१, मंगलबार

ईटहरीका मेयर भन्छन्, ‘मैले प्रसस्तै काम गरेँ’

संवाददाता

विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मारेको वताएका छन् । उनले पुषसम्ममा इटहरीका प्राय सवै मुल वाटोहरु पिच भइसक्ने दाबी गरे ।
प्रमुख चोैधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिए । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको छ, उनले भने, चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने छ ।
केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुने उनले जानकारी दिए । इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । चाडैनै एक अर्व ३७ करोडको लगानीमा वल्र्डवैकको परियोजना संचालन हुन लागेको चौधरी बताउँछन् ।
‘त्यसको लागि सम्झौता भई सकेको छ, उभनले भने, आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन ।’ केहि महिना भित्रैमा इटहरीका सवै वडाबाट स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने महानगरले जनाएको छ। १४ वटा स्वास्थ्य इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति, फर्निचर, औषधी लगायतको ब्यवस्था भइसकेको चौधरीले जानकारी दिए । चौधरीका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लक समेत वन्दै छ ।

यहाँ कमेन्ट गर्नुहोस्