०८ बैशाख २०८१, शनिबार

असोज ६ र ७ गते मजदुरलाई खोप लगाईँदै, विराटनगरका यी ठाउँ खोप केन्द्र

संवाददाता

विराटनगर । बिराटनगर महानगरपालिकाले असोज ६ र ७ गते औद्योगिक क्षेत्रका मजदुर तथा स्वास्थ्य बिषय अध्ययन गर्ने बिद्यार्थीलाई खोप लगाउने भएको छ । असोज १ गते जिल्ला खोप समन्वय समितिको बैठकको निर्णय र १ गतेकै जिल्ला स्वास्थ्य कार्यालयको पत्रले खोप लगाउन दिने भनेकोले खोप लगाउन लागिएको बिराटनगर महानगरपालिकाले जनाएको छ। यस भन्दा अगाडी खोप नलगाएका र १८ बर्ष उमेर पुरा भएका लक्षित समुहका ब्यक्तिलाई खोप लगाईने स्वास्थ्थ्य संयोजक रमेश कार्कीले बताए । उनका अनुसार विराटनगर महानगरपालिकाको वडा नम्बर १, ५, १६ र १७ तथा नेपाल परिवार नियोजन संघ विराटनगर महानगरपालिका ७ मा खोप ल गाईने छ। नेपाल परिवार नियोजन संघमा निजी तथा सरकारी संस्थामा स्वास्थ्य बिषयमा अध्ययनरत बिद्यार्थीलाई खोप दिईने छ भने अन्य वडामा भने औद्योगिक क्षेत्रमा काम गर्ने नेपाली श्रमिकहरुलाई खेप लगाईने कार्कीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्