१६ चैत्र २०८०, शुक्रबार

महिलाको हत्या आरोपमा चार जना पक्राउ

संवाददाता

विराटनगर । झापामा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । झापा गाउँपालिका– वडा नम्बर १ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका–१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।
गत भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा गाँउपालिका–१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाउको, घाटी, पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियो । अर्ध शरिर भेटिएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शव हत्या गरेर फालिएको निश्कर्ष निकालेर अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार महिलाको अर्ध शरीरको लाश फेला परेको सम्बन्धमा अनुसन्धान गर्दा पहिचान गराउने क्रममा अर्ध शरीरको लाश ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको खुलेको थियो । लाशको पहिचान खुलेसंगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्ठी गरेको प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता नविन राईले जानकारी दिएका छन् ।
अनुसन्धानको क्रममा प्रहरीले आफन्तले हत्या गरेको हुनसक्ने आशंका प्रहरीको थियो । हत्या आशंकामा प्रहरीले बिभिन्न ब्यक्तिसँग सोधपुछ गरेपछि ४ जनाले हत्या गरेको पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको बिषयमा उनिहरु बिच बिबाद हुदै आएकोमा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगेर हत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। माई खोलाको किनारमा लगेर बिभिन्न भागमा काटी टुक्रा–टुक्रा पारेर खोलामा फालेको भन्ने अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापालाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राईले जानकारी दिए। पक्राउ परेका चारै जनालाई बुधबार सार्बजनिक गर्दै पक्राउ परेका ब्यक्तिहरु उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्