२० बैशाख २०८१, बिहिबार

बसको ठक्करबाट दुहबीमा मोटरसाईकल चालकको मृत्यु

संवाददाता

विराटनगर । सुनसरीको दुहबी नगरपालिका २ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। कोशी लोकमार्ग अन्तरगत दुहबी नगरपालिका २ मा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । ईटहरीबाट बिराटनगर आउँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो काट्ने क्रममा लागेको को ३४ प ९०६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ। बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्