१४ बैशाख २०८१, शुक्रबार

हराएका मोवाईल प्रहरीले धनीलाई बुझायो

संवाददाता

विराटनगर । मोरङका बिभिन्न ठाउँबाट हराएका १६ थान मोवाईल प्रहरीले फेला परेर धनीलाई बुझाएको छ । मोवाईल हराएपछि प्रहरीलाई जानकारी गराएकाहरुको मोवाईल फेला पारेर प्रहरीले धनीलाई बोलाएको हो । विभिन मितिमा हराएका मोवाईलहरू अनुसन्धान पश्चात बिहिबार धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ‘प्रहरीले फेला पारेका मोवाईलहरु धनीलाई बोलाएर दिईएको हो, उनले भने, हामीलाई आएको जानकारीका आधारमा अनुसन्धान गरेर १६ जनालाई दिईएको हो ।’

यहाँ कमेन्ट गर्नुहोस्