०६ बैशाख २०८१, बिहिबार

मोरङमा कांग्रेसको दुई वडामा मतदान हुन सकेन, विराटनगर ६ मा शुक्रबार हुने

संवाददाता

विराटनगर । मोरङमा नेपाली कांग्रेसको दुई वडा बाहेकको अधिबेशन सकिएको छ। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङमा दुई वडा पदाधिकारी छान्ने क्रममा विवाद उत्पन्न भएपछि अधिबेशन स्थगित भएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर ६ र रतुवामाइ नगरपालिकाको वडा नम्बर ६ मा विवादका कारण निर्वाचन स्थगित भएको नेपाली कांग्रेस मोरङले जनाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर २ मा भोली बिहान ८ बजेदेखि मतदान शुरु हुने कांग्रेस सभापति डिगबहादुर लिम्बुले बताए । मोरङमा ७१ वटा वडामा सहमति भएको छ भने ८४ वटा केन्द्रमा निर्वाचन भएको मोरङ छ । नेपाली कांग्रेस मोरङ सचिव नागेश कोईरालाले ७९ केन्द्रको मतपरिणाम आइसकेको र ८ वटा केन्द्रको गणना भइरहेको बताए । नेपाली कांग्रेसले मोरङमा १५९ वटा निर्वाचन केन्द्र तोकेको थियो ।
मोरङमा ३० हजार ७ सय क्रियाशिल सदस्य रहेको नेपाली कांग्रेसको नयाँ सदस्य नेपाली कांग्रेसका १४ हजार ५ सय थपिएका छन् । यी नयाँ नदस्यहरु पनि छटेको भन्दै नेतृत्वको आलोचना हुँदै आएको थियो । मोरङमा १३७ वडाबाट ३ हजार क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् । यसैको आधारमा जिल्ला नेतृत्व समेत चयन हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्