१२ बैशाख २०८१, बुधबार

अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इन्चार्जमा गिरी

संवाददाता

विराटनगर । नेकपामा ओवादी केन्द्र निकटका खेलकुदकर्मीको संगठन अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इन्चार्जमा विराटनगरका किरण गिरीलाई जिम्मेवारी दिईएको छ। यस्तै प्रदेश संयोजकमा सुनसरीका रितेश श्रेष्ठ चयन भएका छन् । अखिल नेपाल खेलकुद महासंघको काठमाडौंमा सम्पन्न विस्तारित बैठकले गिरी र श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
बैठकले प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जहरु तोकेको छ । ताप्लेजुङमा दावा छिरिङ, पाँचथरमा सुरेश साह, इलाममा गंगाप्रसाद फियाङ, झापामा मदन खड्का, धनकुटामा नयनश्रेष्ठ, तेह्रथुममा प्रेमबहादुर खड्का, संखुवासभामा दिव्यराज बरालले जिम्मेवारी पाएका छन् । यस्तै भोजपुरमा बाजेन्द्र राई, सोलुखुम्बुमा नाम्गेल शेर्पा, मोरङमा द्वारिका रेग्मी, सुनसरीमा भुपेन्द्र चाम्लीङ राई, उदयपुरमा दिपक थापा, खोटाङमा ध्रुवविक्रम राई र ओखलढुंगामा आङ्दावा शेर्पा इन्चार्ज भएका छन् ।
जिल्ला इन्चार्जहरुको समन्वयमा प्रदेशका १४ जिल्लामा नै समिति निर्माण गरिने प्रदेश इन्चार्ज गिरीले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्