१४ बैशाख २०८१, शुक्रबार

विराटनगरको जागरुक सहकारी १३ औ बर्षमा, बार्षिक ४ करोड ५० लाखको कारोबार

संवाददाता

विराटनगर । विराटनगरमा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिक उत्सव मनाएको छ। एक कार्यक्रमको आयोजना गरि सहकारीले १३ औ बार्षिक उत्सव मनाएको हो । २०६५ सालमा स्थापना भएको सहकारीले प्रति सदस्य २१ रुपैयाँबाट बचत थालेको थियो । बिराटनगर जुट मिल्स अगाडी कार्यालय रहेको सहकारीले मजदुर परिवारलाई लक्षित गरि बचत गर्ने र ऋण परिचालन गर्दै आएको थियो । शुरुमा स्थानीय २५ जना युवाबाट शुरु भएको यो सहकारीले अहिले ४ करोड ५० लाखको कारोबार गर्दै आएको जागरुक सहकारी संस्थाका सचिव उमेश गुरुङले बताए । सहकारीले कोभिडको कारण भब्य कार्यक्रम नगरेको भएपनि कार्यसमितिका पदाधिकारी तथा सदस्य मिलेर दिपावली गरेर बर्षिकउत्सव मनाईएको गुरुङले जानकारी दिए । यो सहकारीमा अहिले ७ सय जना सदस्य छन् ।

यहाँ कमेन्ट गर्नुहोस्