१६ चैत्र २०८०, शुक्रबार

मोरङ र ईलाममा सवारी दुर्घटना, दुईजनाको मृत्यु

संवाददाता

विराटनगर । ईलाम र मोरङमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएएको छ। मोेरङको बुढिगंगा गाउँपालिका वडा नम्बर १ शान्तिचोकमा बसको ठक्करबाट साईकल यात्रीको मुत्यु भएको प्रहरीले जनाएको छ। कोशी राजमार्ग अन्तरगत शान्तीचोकमा बसले साईकल यात्रीलाई ठक्कर दिँदा बेलबारी नगरपालिका ८ डागिहाटका ५१ बर्षीय देबेन्द्र पन्तको मृत्यु भएको जिल्ला प्हरी कार्यालय मोरङले जनाएको छ। ईटहरीबाट बिराटनगरतर्फ आउँदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिदाँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रण लिएको छ।
त्यस्तै ईलाममा रोकि राखेको पिकअप गाडी पछाडी सरेर एकजनालाई किचेको छ । इलामको माइजोगमाइ गाउँपालिका ५ सोयाङमा रोकेर राखेको पिकअप गाडी पछाडिड सरेर स्थानीय ५७ बर्षीय खिर बहादुर तामाङलाई किचेको प्रहरीले जवनाएको छ । इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। पिक अप र चालकलाई जिल्ला प्रहरी कार्यालय ईलामले नियन्त्रणमा लिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्